समाचार

बाग्लुङ नगरपालिकाको ३ वटा वडामा निषेधाज्ञा जारी

बाग्लुङ । बाग्लुङको बाग्लुङ नगरपालिकाको ३ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बाग्लुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा वैशाख ७ गते राति १२ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन, मल विउ, स्वास्थ्य सेवा र विपद व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधनबाहेकका गाडी चल्न रोक लगाइएको छ ।

बाग्लुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा संघसंस्था, बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालय र वडा कार्यालय पनि बन्द गरिएको छ । यस क्षेत्रमा बाहिर हिँडडुल गर्न पनि रोक लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट