समाचार

पोखरामा कोरोनाबाट दुई जनाको मृत्यु

काठमाडौं । पोखरामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणका कारण पोखरा महानगरपालिका–२९ की ५४ वर्षीया महिला र ३३ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले यही वैशाख ५ गते संक्रमण पुष्टि भएपछि चरक मेमोरियल अस्पताल भर्ना गरिएकी ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

वैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भएपछि संक्रामक रोग तथा सरुवा रोग अस्पताल पोखरामा भर्ना भएका ८४ वर्षीय वृद्धको समेत बुधबार मृत्यु भएको भनाई छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २११ पुगेको उनले बताए । गण्डकी प्रदेशमा यतिबेला संक्रमण तीव्र रुपमा वृद्धि भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *