शिक्षा / स्वास्थ्य

अत्यावश्यक नपरी घर बाहिर नजानुहोस: स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर आएसँगै संक्रमित संख्याको ग्राफ बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेको भन्दै अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज पत्रकार सम्मेलनमा हरेक चार दिनमा संक्रमण दर दोब्बर भएको र अहिले रहेका स्वास्थ्य संरचनाले नै धान्न नसक्ने स्थिति आउनसक्ने बताएका हुन् ।

‘संक्रमण दर अत्यधिक बढेको छ। हाम्रो संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भइरहेको छ’ उनले भने, ‘अत्यन्त जरूरी नपरी घरबाट बाहिर ननिस्कनुस्।’ यस्तै सभा, भेला, गोष्ठी, सेमिनार, मिटिङ तथा जात्रा जस्ता बढी भीडभाड हुने ठाउँमा पनि सहभागी नहुन समे स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *