राजनीति

मेरियट होटलमा ओली–नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता मााधव कुमार नेपालबीच भेटवार्ता भएको छ । भेटवार्तामा कुन विषयमा छलफल भएको हो खुलाइएको छैन ।

फुटको संघारमा पुगेको पार्टी अध्यक्ष ओली र अर्का नेता नेपालबीच भेटवार्ता भएको हो । ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा कुराकानी भएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार भेटवार्तामा एमाले उपमहासचिव बिष्णु पौडेल पनि सहभागी भएका छन् । दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको बेला यो भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *