रिबन

नयाँ सरकार गठनका लागि कांग्रेसको गृहकार्य तीव्र

आजका पत्रपत्रिकामा प्रधानमन्त्री ओली र एमाले नेता माधवकुमार नेपालबीचको वार्तालाई प्राथमिकता दिएका छन् । लामा समयपछि उनीहरु दुईबीचको संवादहिनता अन्त्य भएको छ ।
नागरिक दैनिकले ओली र नेपालबीच आइसब्रेक शिर्षकमा समाचार छापेको छ । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
त्यस्तै रंगेहात प्रकाउ गर्न बन्देज शिर्षकमा सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्रिङ अपरेशन गर्न नपाउने फैसला गरेको छ ।
राजधानी दैनिकले कोरोना संक्रमण बढेको खबरलाई पहिलो पेजमा छापेको छ । भने रेम्डेसिभिर र अक्सिजन अभाव हुनथालेको खबरलाई पनि प्राथमिकता दिएको छ । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।
नेपाल समाचारपत्रले नयाँ सरकार गठनका लागि कांग्रेसको गृहकार्य तीव्र भएको खबर छापेको छ भने सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नया“ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *