ताजा समाचार

चिनियाँ राजदुतलाइ लक्षित गरी पाकिस्तानीको सेरेना होटलमा बम विस्फोट, ४ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी सहर क्वेटास्थिति एक होटलमा बम विस्फोट हुँदा कम्तीमा चारजना मारिएका छन् भने ११ जना घाइते भएका छन्।

बीबीसीका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ।

उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ।

तर विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन्।
थप केही नबताएर पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ।

उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *