मुख्य समाचार

तत्काल माधव पक्षका नेतालाई कारबाही नगर्ने ओलीको संकेत

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले तत्काल माधव नेपाल पक्षका नेतालाई कारबाही नगर्ने संकेत गरेका छन् । उनले पार्टीलाई कुनै क्षति नहोस् भनेर आफूले सम्झाइ बुझाइ गरेको र त्यसलाई कमजोरीको रूपमा नलिन बताएका छन् ।

विहीबार विहान बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको भन्दै अनुशासित भएर पार्टीमा काम गर्न आह्वानसमेत गरे । समूहगत रुपमा कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी दिएका छन् । ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पारे । ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ ।

अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं,’ ओलीले भने, ‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,’ ओलीले बुधवार साँझ होटेल मेरियटमा माधव नेपालसँग एक्लै दुई घन्टा वार्ता गरेका थिए । सो भेटपछि एमालेमा देखिएको ठूलो संकट तत्काललाई टरेको अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट