समाचार

माथिल्लो तामाकोसीको सुरुङ परीक्षण एक साताभित्रै

काठमाडौ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण एक साताभित्रै सुरु हुने भएको छ । करिब दुई साताको प्राविधिक परीक्षणपछि ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत् उत्पादन परीक्षण सुरु हुने आयोजनाले जनाएको छ ।

४५६ मेगावाट कुल क्षमता भएको आयोजनाको पेनस्टक पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट पाइप ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि संशोधित डिजाइनको पाइप जडान गरी आयोजना निर्माणको गतिलाई तिव्र पारिएको थियो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आइतबार वा ढिलोमा आगामी बुधबारदेखि सुरुङमा पानी भरेर सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएलगत्तै प्रत्येक महिना प्रत्येक युनिटबाट विद्युत् उत्पादन गर्दै जाने आयोजनाको तयारी छ । ‘पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ युनिट छन् । प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मुख्य सुरुङबाट टर्बाइनसम्म आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि यसको डिजाइन संशोधन गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट