राजनीति

ओली-नेपालबीच आज पनि भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुने भएको छ । । दिउँसो दुई बजेपछि ओली र नेपालबीच भेटवार्ता हुने बुझिएको छ ।

हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा भन्दा बढी कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच फेरि होटल मेरियटमै भेटवार्ता हुन लागेको हो । ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् । नेपालमाथि उनी समूहकै नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्ने वातावरण बनाउन दबाब दिएका छन् ।

पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल दबाबमा छन् । भीम रावल लगायतका नेताहरु भने अहिलेकै अवस्थामा ओलीसँग मिल्न नसकिने अडानमा छन् ।

अध्यक्ष ओलीले शुक्रवारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाललाई आग्रह गरेका छन् । नेपाल पक्षका नेताहरुलाई पनि ओली र ओलीनिकट नेताहरूले बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सुझाव दिदै व्यक्तिगत रुपमा सबैलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *