समाचार

मुख्यमन्त्री राईलाई गालीगलौज गरेको आरोपमा एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन । खड्कालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पार्टी कार्यालय परिसरबाट थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो । बिहान थापाथली पार्टी कार्यालय पुगेकी खड्काले कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भन्दै गालीगलौज गरेपछि प्रहरीले पक्राउ गरिएको थियो ।

खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *