अर्थ

वेमौसमी तरकारी तथा च्याउखेती सम्बन्धी निःशुल्क तालिम

संखुवासभा । प्राविधिक तथा व्यवसायिक शिक्षा आजको आवश्यकता,शीप सिकौ, स्वावलम्बी बनौं, स्थानीय स्तरमा स्वरोजगारको सृजना गर्रौ भन्ने मूल नाराका साथ चैनपुर नगरपालिका स्थित शारदा मावि पोखरीमा निःशुलक तालिम सञ्चालन शुरु भएको छ ।

किसानले आफ्नै घर र करेसावारीमा फलाएको ताजा तरकारी आफुलाई खान मात्र नभै व्यवसायीक रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ शारदा मावि पोखरीको आयोजनामा यो तालिम सञ्चालन शुरु भएको विद्यालयका प्रअ. अमृतबहादुर कार्कीले वताए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिभिटी) प्रदेश नं. १ को आर्थिक सहयोगमा सञ्चालित तालिम बैशाख ५ गतेबाट शुरु भएर आषाढ ६ गते सम्म सञ्चालन हुने सो तालिम ६५ दिन अर्थात ३ सय ९० घण्टा सञ्चालन हुने प्रशिक्षक अमित चौधरीले वताए।

वेमौसमी तरकारी खेतीमा २० जना र च्याउखेतीमा २० जना गरी दुवै ६० जना बढी सहभागी रहेको तालिमका सह प्रशिक्षक रुसु तिवारीले वताए । यो तालिमले व्यवसायिक रुपमा तरकारी खेति गरेर आर्थिक रुपमा समृद्ध, रोजगारको सृजना गर्ने विश्वास चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्री बताए । तालिम सञ्चालन भइरहेको यस विद्यालयमा प्राविधि धार बालि विज्ञान विषयको अध्ययन अध्यापन भइरहेकोले यस किसिमको तालिमले बालिविज्ञान पढने विद्यार्थीहरुका लागि थप सहयोग पुग्ने विद्यालयका प्रअ कार्की वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *