राजनीति

निर्णायक वार्तामा अध्यक्ष ओली र नेता नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । नक्सालस्थित मेरियट होटलमा ३ बजे ओली र नेपालबीच भेटवार्ता सुरु भएको हो ।

आजको भेटमा दुवै नेता सहमतिमा पुग्ने बताइको छ । पार्टी एकताबद्ध बनाएर लैजान नेपालले ओलीसँग आग्रह गरेका छन् भने ओलीले गुटगत गतिविधि त्याग्न भनेका छन् । यी दुई विषयलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा उनीहरुबीच वार्ता भइरहेको बताइएको छ ।

उनीहरुबीच बुधबार साँझ पनि भेटवार्ता भएको थियो । हिजोको वार्ता बिहीबार पुन बस्नेगरी टुंगिएको थियो । त्यसैलाई निरन्तरता दिँदै दुई नेताबीच आज छलफल सुरु भएको हो । हिजोको वार्ताबारे नेता नेपालले आज बिहान आफू पक्षका नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *