मुख्य समाचार

भोलीदेखि अर्को व्यस्था नभएसम्म पशुपति दर्शनमा रोक,नित्य पूजा भने नरोकिने

काठमाडौं । बैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाद्वारा जारी विज्ञप्तिमा वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको उल्ल्ख छ ।संक्रमण रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा छ ।

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि पशुपति दर्शनमा रोक लागाइएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *