समाचार

बलात्कार अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

धरान । बलात्कारको अभियोगमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेका छन् ।

इटहरीकी एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा यादव पक्राउ परेका हुन् ।गाउँपालिकामा जागिर लगाइदिने आश्वासन दिएर मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष सरकारी गाडीमा युवती राखी धरानतर्फ लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले अध्यक्ष यादवलाई पक्राउ गरेको हो ।

धरान उपमहानगरपालिका ४ स्थित साराङंगामा सञ्चालनमा रहेको डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट