राजनीति

मेरिटको छतबाट ओली र नेपालद्वारा डुब्न लागेको सूर्यको अवलोकन

काठमाडौं । चरम अन्तरद्वन्द्वमा परेको नेपालकम्युनिष्टपार्टी (एमाले) सम्हालिनत्यत्ति सहजन भएको राजनीतिक परिदृश्य छ । चमत्कार भयो भने मात्रएमाले एक ढिक्का रहन्छ भन्ने तथ्य जगजाहेर छ ।

सबै कोणबाट पार्टीलाई एक ढिक्का राख्न प्रयास जारी छ । यसका लागि दोस्रो पुस्ताका नेताहरु अहोरात्र खटिरहेका छन् । उनीहरुकै बलबुताले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई वार्ताको टेबलमा बसाउन सफल भएको थियो ।

वार्ता दुई दिनसम्म चल्यो । मध्य काठमाडौंको मेरिट होटलमा सम्पन्न पहिलो दिनको वार्ताले धेरैलाई उत्साह थपेको अनुमान गरियो । वार्ता दोस्रो दिन अर्थात आज बिहीबार पनि सोही स्थानमा भयो ।

अन्ततः वार्ताले सहमतिको बाटो समात्न सकेन । दुवै समूह आ–आफ्नो अडानबाट सहमति पहिल्याउने तिर लागेनन् । बरु आफ्ना गतिविधिहरु युद्धस्तरमा अघि बढाउन मनस्थितिका साथ दुवैले वार्तास्थल छोड्न पुगे ।

वार्तास्थल छोड्नु अघि दुवैले होटलको ९ सय १ नम्बर कोठाबाट काठमाडौं उपत्यकाको दृश्यपान गरेका थिए । उनीहरुले निर्माण सम्पन्न हुन लागेको धरहरा मात्र देखिनन, डुब्न लागेको सूर्यको पनि दृश्य थियो ।

पार्टीभित्रको आन्तरिक विवादले वरिष्ठ नेता माधवकुमार नेपालकै भाषामा भन्ने हो भने फुटको डिलमा उभिएको नेकपा एमालेका लागि उक्त डुब्न लागेको सूर्यको दृश्य अर्थपूर्ण लाग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *