समाचार

नेपाली कांग्रेस दोलखाको पूर्वसभापति देविप्रसाद न्यौपानेको रुखले किचेर निधन

काठमाडौ । नेपाली काङ्ग्रेस दोलखाका पूर्व सभापति देविप्रसाद न्यौपानेकाे रुखले किचेर निधन भएको छ । आफ्नै घर छेउमा काटेको चिलाउनेको रुखले किचेर न्यौपाने घटनास्थलमै मृत्यु भएको हो ।

न्यौपानेको स्थायी घर दोलखाको तामाकोसी गाउँपालिका जफेमा हो। घटना अपरान्ह साढे ४ बजेतिर भएको थियो । घटनास्थलतर्फ प्रहरी टोली खटिएको दोलखा प्रहरीले जनाएको छ।

२००६ सालको जन्मेका न्यौपाने पार्टीमा असल, निष्ठावान र इमान्दार नेताका रुपमा परिचित छन् । उनी ०४५ बहुदल आएपछि नेपाली कांग्रेस दोलखा जिल्ला पार्टी सभापति भएका थिए । त्यसपछि उनी कांग्रेस विभाजनपछि शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति भए ।

पार्टी एकतापछि पनि न्यौपानेलाई पनि जिल्ला सभापतिको जिम्मेवारी दिइयो । उनले जिल्लामा तीन कार्यकाल सभापति चलाए । त्यसभन्दा अघि उनले लामो समय पार्टीको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी सचिव हुँदा पार्टी सभापति भीमबहादुर तामाङ थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *