देश

गायक अभिनेता प्रशान्त तामाङलाई मातृशोक

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा गीता थापाको सोमबार निधन भएको हो ।

आमाको निधनबारे स्वयं प्रशान्तले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रशान्तले आफुलाई सबैभन्दा धेरै माया गर्ने आमाले नै छाडेर गइन् भन्दै पोस्ट गरेका छन्।

संगीतकार, गायक तथा निर्देशक नारायण रायमाझीले पनि प्रशान्तलाई मातृशोक परेको भन्दै समवेदना दिएका छन् । रायमाझीले प्रशान्तलार्इ धैर्यधारण गर्ने क्षेमता मिलोस् भन्ने कामना गरेका छन्।

प्रशान्त भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको ‘ईण्डियन आइडल २००७’ मा विजयी हुने प्रथम नेपालीमूलका भारतीय हुन् ।

प्रशान्तले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ नामक नेपाली सिनेमा पनि खेलेका छन् । उनका आधा दर्जन गीति एल्बम निस्किएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *