मुख्य समाचार

चाँगुनारायणमा एमालेलाई ठूलो धक्का, सुडालका दुई दर्जन युवा कांग्रेस प्रवेश

काठमाडौं । नेकपा एमाले परित्याग गरी भक्तपुरको सुडालका करिव दुई दर्जन युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेकपा एमाले सुडालका पूर्वसचिव भरतप्रसाद दुलालको नेतृत्वमा दुई दर्जन युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

पूर्वसचिव दुलालसहित सुवास श्रेष्ठ, सुरज श्रेष्ठ, बद्रीश्रेष्ठ, दिपेन्दै खड्का, चित्रबहादुर श्रेष्ठ, फुर्वा लामा, दोर्जे लामा, प्रेम विक, निर्मल रञ्जितकार, मुकेश भण्डारी, सुरेन्द्र रञ्जितकार, उमेश धुलिखेले, सुरेन्द्र श्रेष्ठ, सञ्जु मगजु, अनिल मगजु, अनिल रञ्जितकार, जेसन तामाङ, निर्मल खड्का र सुभद्रा श्रेष्ठलाई खादा र अविर लगाएर नेपाली कांग्रेसका नेताहरुले पार्टीमा भित्र्एका हुन ।

नवप्रवेशीलाई नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा,क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री, नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल, जिल्ला सचिव निशान ढुंगेल, वडा सभापति राधेश्याम कार्की, खेलकुद विभागका केन्द्रीय सदस्य उमेशकुमार खड्का लगायतका नेताहरुले टिका, खाँदा लगाई नेपाली कांग्रेस पार्टीमा स्वागत गरेका थिए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीले उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाए ।

यसै गरी क्षेत्रीय सभापति जीवन खत्रीले भ्रष्ट र अलोकतान्त्रिक सरकारको व्यवहारबाट आजित भएर एमाले छोड्नेक्रम बढेको बताए । लोकतन्त्र बलियो भएमात्र मुलुकले विकास र संमृद्धिको लय पक्रन सक्ने कुरा जनताले बुभिसकेका कारण लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढेको बताए । युवाहरुको बृत्ति बिकासमा सहयोग पु¥याउनुका सथै पार्टी भित्र उचित भूमिका दिलउन आफू सदैव लागिपर्ने खत्रीले बताए ।
युवाहरुको प्रवेशले सुडालमा नेपाली कांग्रेस थप मजबुद भएको चर्चा गर्दै यसले त्यस क्षेत्रका अन्य युवाहरुलाई पनि कांग्रेसमा प्रवेश गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेलले निर्धक्क भएर पार्टी संगठमा लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नम्बर ८ वडा एकाई सभापति राधेश्याम कार्की, नवप्रवेशी भरतप्रसाद दुलालल गायतले धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *