देश

अभिनेत्री केकी अधिकारी भन्छिन्– हामीसँग केही उपाय बाँकी नरहने पक्का छ

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपालका १६ भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तीव्र रूपमा संक्रमण फैलिए पनि अझै मानिस सचेत नभएको भन्दै गुनासो बढी नै देखिएको छ ।

यसैक्रममा अभिनेत्री केकी अधिकारीले सुरक्षित ढंगले घरमै बस्न आग्रह गर्दै अत्यावश्यक काम परेर निस्किनु परे मास्क प्रयोग गर्न र भौतिक दूरी कायमै राख्न आग्रह गरेकी छन् ।

अभिनेत्री केकी केही समयअघि कोरोना संक्रमित भएकी थिइन् । लगत्तै उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनले देशमा कोरोना संक्रमणले खतराको घन्टी बजाइसकेको भन्दै सतर्कता अपनाउन सामाजिक सञ्जालमार्फत आग्रह गरेकी हुन् ।

उनले बिहीबार लेखेकी छन्– कोरोनाले पुनः एकपटक बिश्वनै आक्रान्त पारेको छ। हाम्रो देशमा पनि दिनानुदिन बढ्दो संक्रमित दरले खतराको घण्टी बजाइसकेको छ। अब पनि हामी होसीयार नभए, हामीले सोचेभन्दा भयावह स्थितीको सामना गर्नबाहेक हामीसङ्ग केही उपाय बाकी नरहने पक्का छ। त्यसैले निषेधाज्ञाको पूर्ण रूपमा पालना गरौं । घर बसौं। सुरक्षित रहौँ। आफू पनि बाँचौ र अरुलाई पनि बचाऔँ। अत्यावश्यक काम परेर निस्किनु परे मास्क प्रयोग गरौँ अनि भौतिक दुरी कायमै राखौं । अब पनि सचेत नभए निकै ढिलो हुनेछ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट