मनोरञ्जन

गायक प्रकाश सपूतलाई कोरोना संक्रमण, बसे होम आइसोलेसनमा

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपूतलाई कोरोना भाइरस संक्रमण भएको छ । शुक्रबार काठमाडौं मेडिकल कलेजमा गराएको पिसिआर रिपोर्टमा आफूमा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिएका छन् ।

उनले एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि पिसिआर टेस्ट गरेको जनाएका छन् । प्रकाशले आफू होम आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको जनाएका छन् । कोरोनालाई सामान्य नठान्न उनले आग्रह गरेका छन् ।

यस्तो लेखे सामाजिक सञ्जालमा प्रकाशले
अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौं, आसा राखौ यो माहामारी छिट्टै टरेर जानेछ । हामी जीवनको पुरानै लयमा फर्किने छौ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *