कला/साहित्य

छ यो विश्व आतङ्क

कतै गोमनै त्यो दयावन्त होला
कुनै सिंहिनी गर्जिदै भागि देला
कुकर्मी नहोला कि गोही अचाडु
भयो कोबिदै शत्रु वैरी विषालु ।।१।।

छ यो क्रुध्द लोभी चपाएर खान
अचाक्ली ढले देह मान्छे तमाम
सताएर ज्यादा लतारेर ज्यान
गलायो मरायो भराएन प्राण ।।२।।

छ रे कफ्र्यु ऐले न ता काम दाम
लुकी बस्छ मान्छे घरैमा तमाम ।
फिरेको छ झम्टी चिथोरिन्छ मान्छे
सरोकार को हो ? निचोरिन्छ मान्छे ।।३।।

अघोरी वितण्डा छ रे क्रूर भक्षी
अनौठो अमिल्दो घिचाहा अगस्ति ।
छ यो विश्व आतङ्क आगो बलेको
छ रे आँसु चर्को बिलौना बढेको ।।४।।

निराशा कुचक्री छ आक्रान्त विश्व
घुमेकै छ पापी दुराचार क्लिष्ट ।
नसुन्ने कि बैरो ? नबुझ्ने कि दुष्ट ?
पठाएछ कस्ले ? कहाँ छौ अदृश्य ? ।।५।।

समुच्चा युवा बाल वृद्धा सतायो
दियो यातना दण्ड उद्दण्ड भो यो ।
टुटुल्को छ छाती पिरोलो झमेला !
सबै ध्वस्त स्वाहा कठै ! कष्ट बेला ! ।।६।।

छ काँढा बिंझेझैं दुखेंकै छ छाती
व्यथा वेदना छल्किएको नजाती ।
यहाँ औषधी खै बनायौ र टन्न ?
छ विज्ञान अध्यात्म सिङ्गै अपूर्ण ! ? ।।७।।

धराधाम पृथ्वी छ काँपेर त्रस्त
अभागी जुनी जिन्दगानी विरक्त
बचाऊ ! बचाओ !! यहाँ को छ दुष्ट ?
बचोस् विश्व ब्रह्माण्ड  दुःखी अनिष्ट ! ।।८।।

*		*		*
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
                                              

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट