शिक्षा / स्वास्थ्य

५७६३ संक्रमित थपिए, आज १९ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६३ जना संक्रमित भएका छन् । १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा २ हजार ४ सय ५५ महिला र ३ हजार २ सय ५१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

१४ हजार ४ सय ३ जनाको पिसिआर र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । शनिबार संक्रमणबाट १९ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै संक्रमणबाट नेपालमा निधन हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

काठमाडौंमा १ हजार ९ सय ३२ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना गरी उपत्यकामा २ हजार ४ सय ९५ जना संक्रमित भएको छ । झापामा ५२ जनामा संक्रमण पुष्टि भएको छ भने मोरंगमा ३४ र सुनसरीमा ६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पर्सामा १६३ जनामा संक्रमित फेला परे ।

काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै बाँके र रुपन्देहीमा संक्रमित फेला परेका छन् । बाँकेमा ५५१ र रुपन्देहीमा ४२२ जनामा संक्रमण पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *