मुख्य समाचार

पूर्वमन्त्री बस्नेतद्वारा भ्यू टावर उद्घाटन

ठोकर्पा।सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाको थामडाँडामा भ्यू टावर निर्माण भएको छ । ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा सहित शनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर वस्नेतवाट टावरको उद्घाटन गरिएको छ ।

सुनकोशी गाउँपालिकाको केन्द्र थामडाँडामा पर्यटकीय केन्द्र वनाउने उदेश्यले भ्यू टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रवण जिसी(विनोद)ले वताए । पर्यटकीय हवको रुपमा विकास भएको सुकुटे वाट ११ किलोमिटरको दुरीमा रहेको ठाउँमा भ्यू टावर निर्माण गरिएको छ । गाउँपालिकाको अधिकांश स्थान, जिल्लाको सुनकोशी र भोटेकोशीको तटीय क्षेत्र, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको रमणीय वस्तीहरुको भ्यू टावरवाट अवलोकन गर्न सकिने छ । ‘सुकुटे सम्म आउने पर्यटकलाई भ्यू टावर सम्म ल्याउने, पर्यटनका माध्यमवाट आर्थिक उपार्जनमा बृद्धि गराउने हाम्रो उदेश्य हो’–पालिका अध्यक्षले बताए । गाउँपालिकाले एक करोड २५ लाखमा टावर निर्माण गरेको हो ।

‘ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा नै लिएर सुनकोशी क्षेत्रको विकास भैरहेको र यसलाई सार्थक वनाउने हाम्रो दायित्व हो’– पूर्व मन्त्री वस्नेतले भने। कोभिडको महामारिमा सुनकोसि बासिलाई आफुले सक्ने ब्यबस्था गर्नुका साथै एम्बुलेन्स र आर्थिक अबस्थामा कमजोर हुनेलाई उपचारमा सहयोग गर्ने समेत बस्नेतले बताए। पूर्व मन्त्री बस्नेतले देश अहिमा विसम परिस्थती छ स्वास्थ्यलाई विशेष ध्यान दिई आवस्यक भन्दा घर बाहिर ननिस्कन र झाेल खानेकुरा खान आग्रह समेत गरे।

ठोकर्पा भौगोलिक, राजनीतिक र सामाजिक हिसावले पनि परिचित स्थल भएकोले यसको थप प्रचार र प्रवद्धनमा स्थानीय सरकार लागिपरेको सुनकोशी वडा नं ६ का अध्यक्ष रामकुमार थापाले बताए।कार्यक्रममा नेपाली काग्रेसका क्षेत्र नं १ का क्षेत्रीय सभापति बाल कृण्ण बस्नेत,महाधिबेसन प्रतिनिधी हरिशरण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सुनकोसी २ का वडा अध्यक्ष पूर्ण बहादुर महतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो माक्स, सेनिटाईजर ,स्वस्थ्य टोलि सहित समाजिक दुरि कायम गरि कार्यक्रमको उद्धघाटन गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट