राजनीति

लुम्बिनीका मुख्यमन्त्रीविरूद्ध आज अविश्वास प्रस्ताव पेश हुने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर कोइरालाविरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने भएको छ । आजबाट सुरु हुने लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
तर आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएपछि राजनितिले नयाँ मोड लिएको थियो ।
त्यसमा पनि जसपाले ति चारै सांसदलाई कारबाही गरेकोमा महन्तथ ठाकुरले विरोध गरेपटि जसपा आफै अन्तरविरोधमा फसेको छ ।
जसपाको कहलको फाइदा उठाउन खोजेका मुख्यमन्त्री पोखरेल सफल हुन्छन् कि हुँदैनन् त्यो त अविश्वासको प्रस्ताव बाट थाहा हुने छ ।

प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्।
कुल ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ। जसपाले चार जना सांसद कारवाही गरेपछि यो संख्या घट्न सक्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *