रिबन

मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीको प्रस्ताव बारे छलफल हुने

काठमाडौं ।आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वानमा बैठक बस्न लागेकाे हाे । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सीसीएमसीको प्रस्तावलगायत बारेमा छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको सीसीएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *