मुख्य समाचार

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएका हुन ।

सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थमा फर्किएका एमाले माओवादी बीच सम्वन्ध चिसिए पनि मओवादी केन्द्रले सरकारको समर्थन फिर्ता भने अझै लिएको छैन । त्यस कारण ओली नेतृत्वको सरकारमा अहिलेसम्म स्पष्ट बहुमत छ । सरकारको समर्थन फिर्ता नलिए पनि पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा लागेका छन । उनी कांग्रेस र जनता समाजवादी पार्टी(जसपा) संग निरन्तर छलफलमा छन । जसपाले भने सरकारको पक्षमा साझा धारणा बनाउन सकेको छैन । यद्यपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने पक्षमा जसपाका बहुमत सांसद उभिएका छन । ओली नेपालको तिक्ततापूर्ण सम्वन्धले एमालेभित्र कै एक समुह पनि ओली बर्हिगमनको पक्षमा छ ।
माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव ल्याउने वातावरण सिर्जना हुने कांग्रेसले बताउदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *