ताजा समाचार

कडा सुरक्षाकाबीच मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर सपथ लिए

काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले पुनः नियुक्त शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् । विपक्षी दलहरूको धर्नाका बाबजुद आइतबार साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीको कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरे पनि पोखरेलले नाराबाजीकैबीच सपथग्रहण लिएका हुन्।
अल्पमतमा रहँदा रहँदै पनि मुख्यमन्त्री पोखरेलले जवरजस्ती सपथ दिएका छन् ।
दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि प्रदेश प्रमुख यादवले पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् ।
साथै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका ४ जनालाई मन्त्री पदमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले रुपन्देहीका सन्तोष पाण्डे र बाँकेका बिजयबहादुर यादवलाई मन्त्री नियुक्तसँगै सपथ खुवाएका हुन् । पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पूर्वाधार बिकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

साथै आर्थिक मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *