देश

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरसको संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सोमबार आएको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको शर्माको भनाइ छ । कोरोनाको लक्षण देखिएकाले घरमै आइसोलेसनमा बसिरहेको उनले बताएका छन्।

ज्वरो र जीउ दुखाइ बढेपछि स्वाब दिएको र कोरोना संक्रमण पुष्टि भएको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन्, तर मनोबल उच्च छ।’

उनले लेखेका छन्– ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ lटेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ lसबैलाई विनम्र आग्रह छ- सजग बनौं !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *