देश

देउवाले आज दिउँसो बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने उनको भनाइ छ।

संसदको बजेट अधिवेशन बस्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले विशेष अधिवेशन वैशाख २७ गते बस्ने भन्दै आह्वान गरेकी छन् । यस विषयमा पनि कांग्रेस बैठकमा छलफल हुने बुझिएको छ । यदि ओलीले विश्वासको मत प्राप्त गर्न नसकेमा देश निर्वाचनतिर जाने भएमा के गर्ने भन्ने विषयमा पनि कांग्रेस नेताहरूले रणनीति बनाउने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *