देश

कोरोना भाइरसले कसलाई चिन्छ, कसलाई चिन्दैन ? डा. रवीन्द्र पाण्डे

  • कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ |
  • नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ |
  • अनुहार छोइरहनेलाई चिन्दछ |
  • भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ |
  • हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ |
  • बारम्बार हात सफा नगर्नेलाई चिन्दछ |
  • कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन |
  • अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन |
  • यस्तो बेलामा मर्निंग वाक / इभिनिंग वाक गर्नेलाई चिन्दैन |
  • भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन |
  • कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन |
  • चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिंड्नेलाई चिन्दैन |
  • खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन |
  • आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन |
  • ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन |
  • पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन |
  • प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ |
    ..
  • कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ |
  • कसैलाई गम्भीर बनाउँछ |
  • कसैलाई प्लास्टिकमा प्याक गराउँछ
    तर कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन |
    तसर्थ सकभर घरभित्र बसौं ! भेटघाट बन्द गरौँ ! मापदण्ड पालना गरौँ ! यी कुरा ब्यबहारमा लागु गरेपछि कुनै चिन्ता लिनुपर्दैन | आत्तिनु पर्दैन | डर मान्नुपर्दैन |

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट