समाचार

आफ्ना सांसदलाई काठमाडौं नछाड्न महन्थको उर्दी, २७ गते जसपा औपचारिक रूपमै विभाजन हुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने लफडाकै कारण जनता समाजवादी पार्टी फुट्ने भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदलाई काठमाडौं नछाड्न र बाहिरी जिल्लामा भए आउन उर्दी जारी गरेका छन् ।
ओलीले संसदमा वैशाख २७ मा विश्वासको मत लिने घोषणा गरेपछि ठाकुरले आफू पक्षधर सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन दिएका हुन् । पछिल्लो समय जसपाभित्र संसदीय दलमा ठाकुरको बहुमत भनिए पनि उपेन्द्र यादवले १८ जना आफ्नो पक्षमा पारेका छन् । महन्थ पार्टीको कार्यकारिणीमा समेत अल्पमतमा छन् ।

तर, प्रधानमन्त्री ओलीको कुर्सी जोगाउन महन्थलाई भारतले निकै धेरै उपयोग गरिरहेको छ । वैशाख २७ गते जसपा दुई चिरा हुने विश्वास भारतीय दूतावासको पनि रहेको छ । सोही कारण त्यस दिन ओलीलाई जसपाबाट २० सांसद जुटाइदिने भारतीय संस्थापन पक्षले आश्वासन दिएको स्रोतले बतायो ।

ओलीलाई प्रधानमन्त्रीमा टिकाउन जसपा फुटाउने र उपेन्द्र यादवलाई आगामी निर्वाचनमा निकै कमजोर बनाउने रणनीतिमा भारतीय दूतावास र जसपाको महन्थ ठाकुर पक्ष लागेको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *