समाचार

जनगणना तत्कालको लागि स्थगित

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले जनगणना तत्कालको लागि स्थगित गरेको छ । विभागले सुरु गर्न लागेको १२ औं जनगणना कोरोना भाइरसको संक्रमण बढेसँगै तत्कालको लागि स्थगित गरेको हो ।

कोरोना संक्रमण तिव्ररुपमा बढेपछि मन्त्रिपरिषदको बैठकले नै निर्णय गरेर जनगणना अगाडि नबढाउने निर्णय गरेको हो । जनगणना यहि वैशाख २६ गतेबाट सुरु हुन लागेको थियो ।

कोरोना संक्रमणको दरलाई हेरेर जनगणनाको अर्को मिति तय गर्ने तयारी विभागले गरेको छ ।

जनगणनाको लागि विभागले सबै तयारी पु्रा गरिसकेको छ । विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरिसकेको छ ।

त्यस्तै जनगणनाको लागि चाहिने आवश्यक सबै सामाग्रीहरु पनि विभागले व्यवस्थापन गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *