समाचार

बाटोमा भेटाएका १३ लाख प्रहरीलाई बुझाए

काठमाडौं । रामेछाप लिखु गाउँपालिका वडा नम्बर–७ का प्रदिप श्रेष्ठले १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएका छन् । उनले बाटोमा हिद्दै गर्दा भेटाएको १३ लाख रुपैयाँ प्रहरीलाई बुझाएको हो ।

उनी हाल दक्षिण कोरियाको इन्छन शहरमा बस्दै आएका छन् । सन् २००९ मा पहिलो पटक दक्षिण कोरियामा इ–९ भिसा लिइ कामदारको रुपमा उनी कोरिया गएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार उनले खाम भित्र रहेको उक्त पैसा भेटाएका थिए ।

उक्त रकममध्ये १० लाख एक हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताइवानका नोटहरु थिए ।

श्रेष्ठ अहिले भिसा परिवर्तन गरेर एफ–२ रेसिडेन्सी भिसाअन्र्तगत कोरियामा बसोबास गर्दै आएका छन् । उनी होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वायंसेवक भई दोभाषेको रपमा काम गर्दै आएका छन् ।

कोरियामा बाटोमा भेटिएका पैसा वा बहुमूल्य सामान भेटेमा त्यतिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नु पर्दछ । यदि यस्तो सामान आफैले लगेमा कोरियामा चोरी ऐन अन्र्तगत सजाय हुने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *