रिबन

माओवादीकाे नाडी छाम्दै ओली, धमाधम आफ्ना निकटलाइ नियुक्ति दिन थाले

आजका पत्रपत्रिकामा राजनितिक विषयले नै बढि प्राथमिकता पाएका छन्। भने कोरोना भाइरसको संक्रमणदर बढेकोबारे पनि सबै पत्रिकामा खबर छ । नागरिक दैनिकले माओवादीकाे नाडी छाम्दै ओली शिर्षकमा मुख्य खबर छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन्। एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन्। माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता पौडेल र गंगानारायण यादवलाई नियुक्त गरेका छन्।

यादव २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् भने पौडेल एमालेकै महिला नेत्री हुन्। यसअघि २०७६ कात्तिकमा सरकारले सातैवटा प्रदेशका प्रमुख परिवर्तन गरेको थियो। त्यति बेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो।
त्यस्तै भारतबाट फर्किएकाहरु परीक्षणबिना नै गाउँ गाउँ पुगेको खबर पनि छ । सिमा नाकामा कडा चेकजाँच नहुँदा र लुकिछिपी नेपाल छिर्ने हरु विना परीक्षण नै गाउँ पुग्ने गरेका छन् यसले कोरोना संक्रमणको जोखिम झन् बढाएको छ ।

अन्नपूर्ण पोस्ट्ले पनि ओलीले गरेको देशवासीको नाममा सम्बोधन र दुई प्रदेश प्रमुख हटाएकोबारे खबर छापेको छ । भने रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए शिर्षकमा मुख्य खबर छापेको छ । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन।

राजधानी दैनिकले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या भएको खबरलाई छापेको छ । मृत्यु भएका संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो । यो खबरलाई अन्य पत्रिकाले पनि स्थान दिएका छन् ।
नेपाल समाचार पत्रले विश्वासको प्रस्तावमा प्रत्येक सांसदले दस्तखतसहित मत विभाजन गर्नुपर्ने शिर्षकमा समाचार छापेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको वैशाख २७ गतेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रत्येक सांसदले दस्तखतसहित आफ्नो मत विभाजित गर्नुपर्ने भएको छ ।

विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांसदको विश्वास छ भन्ने प्रमाणित गर्न विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकोले संबैधानिक प्रावधानअनुसार प्रत्येक सांसदले दस्तखतसहित नै आफ्नो मत विभाजित गर्नुपर्ने भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *