रिबन

आज पहाडी भूभागमा वर्षाको सम्भावना, कस्तो छ आगामी तीन दिनको मौसम अवस्था ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू(भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू(भागहरूमा मेघगर्जन चट्याङ्ग सहित वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंगलबार

दिउँसोः देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै राती देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार
आज दिउँसो देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका प्रदेश १ केही स्थानका साथै अन्य प्रदेशका पहाडी भू(भागमा मेघगर्जनरचट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसै गरी बुधबार राती देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै र बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

बिहिबार

दिउँसो देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बिहिबार राती देशका पहाडी भू(भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *