समाचार

हिँडडुलमा प्रतिबन्ध लगाउने उपत्यका सिडिओहरूको निर्णय, काठमाडौँमा एक हप्ता निषेधाज्ञा थप

काठमाडौँ । भोलि राति १२ बजेपछि हिँडडुलमा प्रतिबन्ध लगाउने निर्णय उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुले गरेका छन् । कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न थप कडाइ गर्दै सिडिओहरुले हिँडडुलमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको संयुक्त बैठकले भोलि बुधबार राती १२ बजेदेखि २९ गते राती १२ बजेसम्म अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो । यससँगै काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप भएको छ ।

त्यसै गरी भोलि रातीदेखि नै सबैखाले पास खारेज गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सूचना अधिकारी ललितकुमार बस्नेतका अनुसार अति आवश्यक अवस्थामावाहेक नयाँ पास दिइने छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट