शिक्षा / स्वास्थ्य

कोरोना संक्रमणबाट आज ५५ जनाको निधन, ७६६० संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज मंगलबार एकै दिन ५५ जनाको निधन भयो । यो हालसम्मकै उच्च मृत्यु संख्या हो । आज ७ हजार ६ सय ६० जना संक्रमित थपिएका छन् ।
१६ हजार ७ सय २ जनाको परीक्षण गर्दा ७६६० संक्रमित पुष्टि भएको हो । आरटी पिसीआर १६ हजार १ सय ३१ गर्दा ७ हजार ५ सय ८७ र एन्टिजेन ५ सय ७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *