राजनीति

विश्वासको मत लिन जाने प्रधानमन्त्रीलाई असफल बनाउने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा मङ्गलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णयसमेत गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री डा प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सात वटा अध्यादेश ल्याउने सरकारको कामको भर्त्सना गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *