देश

ओलीलाई दिएको समर्थन माओवादीले फिर्ता लियो, संसद् सचिवालयमा बुझायो पत्र

काठमाडौँ । माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज संसद् सचिवालयमा बुझाएको छ।
माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र संसद् सचिवालयमा बुझाएको हो ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् । प्रतिनिधिसभा पुनस्र्थापनासँगै लामो समयदेखि प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले सर्मथन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेअनुसार सो दिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ । त्यसैले माओवादीले अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कुनै औचित्य नभएको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *