समाचार

आज र भोलि प्रतिनिधिसभा सदस्यको पिसिआर परीक्षणका लागि स्वाब लिइँदै

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुँदैछ । आज र भोलि कोरोना परीक्षण हुन लागेको हो ।

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

आज बेलुका ५ बजेसम्म र बिहीबार पनि सोही समयमा पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण बिहीबार हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीले आफूमाथि प्रतिनिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न चाहेको जनाउँदै यही वैशाख २७ गते सोमबारका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *