समाचार

तेस्रोपटकका लागि मुख्यमन्त्री बनिन् ममता बेनर्जी

एजेन्सी। चुनावमा पराजित भए पनि तृणदल कांग्रेसकी प्रमुख ममता बेनर्जी तेस्रोपटक पश्चिम बंगालकी मुख्यमन्त्री बनेकी छन् ।
विधानसभा चुनावमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी बेनर्जीले बुधबार कोलकातास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् ।

गत मार्च र अप्रिलमा भएको विधानसभा चुनावमा पार्टीलाई जिताए पनि बेनर्जी आफू भने पराजित भएकी थिइन् । उनी नन्दीग्राम चुनाव क्षेत्रमा शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।

बेनर्जीलाई भारतीय संविधानले तेस्रो कार्यकालका लागि मुख्यमन्त्री रोकेको थिएन । भारतीय संविधानको धारा १६४ ९४० ले सांसद नभएको व्यक्तिले पनि ६ महिनाका लागि मन्त्रीको सपथ लिन सक्ने व्यवस्था गरेको छ । अब उनी ६ महिनाभित्र कुनै क्षेत्रमा उपनिर्वाचन गराएर जितेर विधान सभा सदस्य हुनेछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *