रिबन

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको महामारी निकै तनावपूर्ण अवस्थामा पुग्दै गएको छ । संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।

बुधबार ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २० हजार ७५६ पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *