ताजा समाचार

भारतमा एकै दिन चार लाख बढीलाई कोरोना संक्रमण, झण्डै ४ हजारको मृत्यु


एजेन्सी । बुधबार भारतभर एकैदिनमा ४ लाख १२ हजार ७ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्। अप्रिल ३० मा पहिलो पटक एकैदिन संक्रमितको संख्या ४ लाख पार गरेको थियो। त्यसपछिका केही दिन संक्रमण घटे पनि बुधबार नयाँ रेकर्ड बनेको हो।

मंगलबार १५ लाख ४० हजारको मात्र परीक्षण गर्दा चार लाख १२ हजारलाई संक्रमण देखिएका हुन् । संक्रमितसँगै भारतमा दैनिक मृत्युमा पनि बुधबार नयाँ रेकर्ड बनेको छ। बुधबार ३ हजार ९ सय ८० जना संक्रमितले ज्यान गुमाएका छन्।
भारतमा कोरोना संक्रमितको मृत्युदर उच्च हुँदा अन्तिम संस्कार गर्ने ठाउँको समेत अभा भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *