मुख्य समाचार

एमाले स्थायी कमिटि बैठक सकिने बित्तिकै शितल निवास पुगे ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दौडधुप बढाएका छन । माओवादी केन्द्रले समर्थन फिर्ता लिएलगत्तै हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका ओली आज राष्टिपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन ।

बुढानिलकण्ठबाट निराश भएर फर्किएका ओली एमालेको स्थायी कमिटि बैठक सकिन वित्तिकै आज राष्ट्रपतिलाई भेट्न शितल निवास गएका हुन । स्थयी कमिटिको सन्देश बोकेर शितल निवास पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ ।

अल्पमतमा परेका प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *