समाचार

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको परिवारै कोरोना संक्रमित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीसहित उनको परिवार कोरोना संक्रमित भएको छ ।
संक्रमित भएपछि होम आइसोलेशनमा बसेका भण्डारी केही दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन । भण्डारीको स्वास्थ्य सुधारोन्मुख भएको अस्पतालले जनाएको छ । कोरोना संक्रमित बनेका उनका श्रीमती र छोरा होम आइसोलेशनमा बसेका छन ।


यसै गरी कांग्रेस प्रवक्ता एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं उद्योग विभाग प्रमुख चिनकाजी श्रेष्ठ र केन्द्रीय सदस्य रामजनम चौधरी,कोन्द्रीय सदस्य पार्वती डिसी चौधरी पनि कोरोना संक्रमित बनेका छन ।

संखुवासभाका कांग्रेस सभापति दिपनकुमार श्रेष्ठ, पार्टी सचिव डम्बर बस्नेत र कार्यालय सचिव उमेश श्रेष्ठ पनि कोरोना सक्रमित बनेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट