राजनीति

माधव पक्ष सांसदले सामूहिक राजीनामा दिए देउवा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै नेपालको राजनीति एकाएक तरल बनेको छ । कसले कस्तो निर्णय गर्ला भन्ने कसैले अनुमान समेत लगाउन सकेको छैन ।

केहीअघिसम्म जसपा नयाँ सरकार गठन र ओलीको कुर्सी जोगाउन निर्णायक मानिँदै आएको थियो । तर, अहिले एमालेकै माधव नेपाल पक्ष केन्द्रविन्दुमा आएको छ । ओलीको कुर्सी एक निमेषमै ढल्ने निर्णायक अवस्थामा माधव पक्ष छ ।

ओलीले आफूहरूलाई एमाले भएर बस्नै नदिने संकेत देखिएपछि माधव पक्षका कम्तीमा २० सांसदले वैशाख २५ गते सामूहिक राजीनामा दिने तयारी गरेका छन् । माधव पक्षका सांसदहरूको सामूहिक राजीनामा र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव सँगसँगै ल्याउने गृहकार्य सुरु भएको छ ।

यदि माधव पक्षले सामूहिक राजीनामा दिएमा ओली अल्पमतमा पर्नेछन् । विपक्षी गठबन्धनले ओलीविरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारित भई ओली पदमुक्त हुनेछन् । त्यसपछि देश नयाँ कोर्समा अघि बढ्नेछ ।

अविश्वासको प्रस्ताव कांग्रेसले दर्ता गराएमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । र, देउवा नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने गृहकार्यमा विपक्षी गठबन्धन जुटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट