शिक्षा / स्वास्थ्य

९०७० संक्रमित थपिए, संक्रमणबाट ५४ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घन्टामा ९ हजार ७० संक्रमित थपिएका छन् । २१ हजार १ सय ४२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस अवधिमा २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो। यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार २० हजार ३ सय ६७ आरटी पिसीआर र ७ सय ७५ एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ जना पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३ हजार १ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा २४२ र ललितपुरमा ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट