राजनीति

कांग्रेस संसदीय दलको बैठक शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन लागेपछि त्यसको विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी पनि गरेको छ। शनिबार २ बजे संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *