विश्व

दिल्लीमा मेघगर्जनसहित परेको हल्का वर्षा, गर्मीबाट राहतको महशुस

एएनआई । दिल्लीमा बिहीबार बिहान मेघगर्जनसहिते हल्का बर्षा भएको छ । कोभिड–१९ का कारण त्रस्त दिल्लीबासीलाई गर्मीका कारण परेको दुःखमा बर्षासँगै राहतको महशुस भएको छ ।    

राष्ट्रिय राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रहरूमा कालो बादलसहित मेघ गर्जन सुनिएको थियो । बिहानै परेको बर्षापछि अचानक चिसो हावाले स्थानीयलाई राहत मिलेको छ ।    

अघिल्लो दिन भारतीय मौसम विभाग (आईएमडी) ले राजधानी नयाँ दिल्लीमा चिसो बताससाथ कतिपय स्थानमा मध्यम र केही स्थानमा भारी बर्षा हुने पूर्वानुमान गरेको थियो ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *