प्रविधि

देउवा निवास बुढानिलकण्ठबाट शितल निवास पुगे नेपाल


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । सभापति देउवालाई भट्न नेता नेपाल बिहीबार बेलुका बुढानिलकण्ठ पुगेका हुन ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने मिति नजिकिएसँगै एमाले र माओवादीका नेतहरुले दौडधुप बडाएका छन ।

दुई नेताबीच करिव १ घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री केपी ओलीका पक्षमा विश्वासको मत पुग्न नदिने विषयमा छलफल भएको थिए । हिजो प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालई भेटेर विश्वासको मतमा सहयोग गर्न आग्रह गरेका थिए ।

आजको भेटमा माधव नेपाल र उनी निकट नेता भीम रावल पनि सहभागी थिए । भेटपछि नेता नेपाल बुढानिलकण्ठबाट सोझै राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *